पर्यटन व्यवस्थापनसम्बन्धी सेमिनार सम्पन्न——विविध

发布时间:2025-12-11浏览次数:32文章来源:विविध

काठमाडौं । नेपाल-चीन मैत्री फोरम र चीनको निङ्बो पोलिटेक्निक विश्वविद्यालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको १० दिने पर्यटन व्यवस्थापनसम्बन्धी सेमिनार आज काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमको समापन सत्रमा सहभागीहरूलाई प्रमाणपत्र वितरणसँगै सेमिनारका मुख्य निष्कर्षहरूको समीक्षा गरिएको थियो।

निङ्बो पोलिटेक्निक विश्वविद्यालयको स्कूल अफ इन्टरनेशनल बिजनेस एण्ड ट्राभलका डिन प्रो. डोङ होङ’आनले सेमिनारले सांस्कृतिक र पर्यटनबीचको संवादलाई प्रभावकारी रूपमा जोड्न सफल भएको बताए ।

'यो कार्यक्रमले पर्यटनका नवीन अवधारणा, व्यवस्थापनका व्यवहारिक विधि र चिनियाँ संस्कृतिको गहिरो बुझाइ प्रदान गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ,' उनले भने ।

सेमिनारमा चिनियाँ प्राध्यापकहरूले दिगो पर्यटन, होमस्टे विकास, सेवा तथा गुणस्तर व्यवस्थापन, प्रविधिको प्रयोग, र सांस्कृतिक सहकार्यजस्ता विषयमा सत्रहरू सञ्चालन गरेका थिए ।

१० दिने तालिमका क्रममा सहभागीहरूले व्याख्यान तथा छलफलसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानको अवलोकन गरी गुणस्तरीय पर्यटन उत्पादनका बारेमा प्रत्यक्ष अनुभव पनि हासिल गरेका थिए ।

नयाँ मिडिया तथा डिजिटल उपकरणको प्रयोग, सांस्कृतिक पर्यटनको नवप्रवर्तनशील विकास, चीनका पर्यटकका अपेक्षा तथा माग र संस्कृति–पर्यटनको एकीकृत विकास मोडलजस्ता विषयहरू सेमिनारका मुख्य आकर्षण बने ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकारीहरू, पर्यटन उद्योगका प्रमुख कार्यकारी तथा वरिष्ठ नेतृत्व गरी ३० जना सहभागी थिए ।

新闻链接:

https://abhiyandaily.com/news/454641/seminar-on-tourism-management-completed/?fbclid=IwdGRleAOoOXBleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEea9VuuNMSPUZpPmxV6WExqhXT9sHIf9HfYMe3CpPMOn0iiIu0K4eLwdJaB0s_aem_cc_IeWy0MfP58wgUMTx95w

विविध》:2025年12月11日